मन्त्रिपरिषद् बैठक: आम निर्वाचन मंसिर ४ मा गर्ने प्रस्ताव

सफल खबर संवाददाता

विहीबार, १९ साउन २०७९, १३ : ४४
मन्त्रिपरिषद् बैठक: आम निर्वाचन मंसिर ४ मा गर्ने प्रस्ताव

काठमाडाैँ । आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति मंसिर ४ मा गर्ने प्रस्ताव गरिएको छ । सिंहदरबारमा जारी मन्त्रिपरिषद् बैठकमा निर्वाचनको मिति प्रस्ताव गरिएको हो । स्रोतका अनुसार गृहमन्त्रालयले आगामी आम निर्वाचनको मिति मंसिर ४ गते आइतवार एकै चरणमा गर्ने प्रस्ताव गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले निर्वाचनको मिति बैठकमा प्रस्ताव गरेका हुन् । 

यसअघि बुधवार बसेको सत्तारुढ गठबन्धनको बैठकमा आगामी निर्वाचन मंसिर ४ मा गर्न सुझाव दिएको थियो । सोहीअनुसार गृहमन्त्री खाणले मिति प्रस्ताव गरेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस