रन्जित तामाङले झापाबाट चुनाव लड्ने घोषणा

सफल खबर संवाददाता

विहीबार, १९ साउन २०७९, ११ : १०
रन्जित तामाङले झापाबाट चुनाव लड्ने घोषणा

काठमाडौँ  ।  नेकपा माओवादी केन्द्रीय सदस्य रन्जित तामाङले झापाबाट चुनाव लड्ने घोषणा गरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको क्षेत्रबाट आसन्न चुनाव उठ्ने तामाङले घोषणा गरेका हुन् ।प्रतिगमनको सामना गर्नुपर्ने ठाउँबाट चुनावमा उठ्न खोजेको तामाङको भनाइ छ ।

‘जसबाट हामीले देशको विकास र समृद्धिको अपेक्षा गर्यौं उसैले विकास र समृद्धिकोविरुद्ध धावा बोल्यो त्यहीँबाट म चुनाव लड्न चाहन्छु,’ तामाङले भने, ‘गठबन्धनलाई टिकट दिन अनुरोध गरेको गरेको छु, हामी विधि र पद्धतिमा छौँ । कुनै स्वतन्त्र उम्मेदवारले घोषणा गरे जस्तो गरेर हिँड्न मिल्दैन ।’

झापाबाट चुनाव उठ्दा जनताले अनुमोदन नगरेको खण्डमा पनि त्यसलाई सहर्ष स्वीकार्ने तामाङले उल्लेख गरे । ‘जनताले अनुमोदन नगरेको खण्डमा कुनै आरोप र टिप्पणी गर्ने छैन ।’ वृद्ध भत्ता खाने उमेरमा सत्ता खोज्नेविरुद्ध युवा उठ्नुपर्ने पनि उनले बताए । 

प्रतिक्रिया दिनुहोस