काठमाडाैँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता लक्ष्मणलाल कर्णले प्रतिनिधि सभाका सदस्यहरुको अवधि निर्वाचनको मनोनयन दर्तासम्म रहने बताएका दाबी गरेका छन्।पछिल्लो समय चुनावको मिति घोषणा भएपछि संसद् भंग हुने र सांसदहरु रहने वा नरहने भन्नेबारेमा बहस भइरहँदा नेता कर्णले यस्तो दाबी गरेका हुन्।
लोसपाका सांसदसमेत रहेका नेता कर्णले नेपाल लाईभसँग कुरा गर्दै संवैधानिक व्यवस्था भन्दाबाहिर कसैलाई जाने छुट नभएको बताए। उनले संविधानमै प्रतिनिधि सभाको आयु पाँच वर्षको हुने कुरा प्रष्ट रहेको दाबी गरे।
निर्वाचनको मिति घोषणा भएसँगै संसद भंग हुने भएपछि सांसदहरु के हुन्छन् त भन्ने प्रश्नमा नेता कर्णले भने, ‘संसद्को आयु निर्वाचनमा मनोनयन दर्ता गर्दासम्म रहन्छ। संविधानमै संसद्को आयू पाँच वर्षको हुने भनेर स्पष्ट लिएको छ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ साउन २०७९, १६ : ५९
लेखकबाट थप