कांग्रेस चितवनका सभापतिले विधान विपरित गएर पार्टीमा मनोमानी गरे : मिलनबाबु श्रेष्ठ

सफल खबर संवाददाता

बुधबार, १८ साउन २०७९, १५ : २७
कांग्रेस चितवनका सभापतिले विधान विपरित गएर पार्टीमा मनोमानी गरे : मिलनबाबु श्रेष्ठ

चितवन । नेपाली कांग्रेस चितवनका नेता मिलनबाबु श्रेष्ठले जिल्ला सभापति राजेश्वर खनालले विधान विपरित एउलौटी ढङ्गले पार्टी चलाएको आरोप लगाएका छन् ।

बागमती प्रदेशको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री समेत रहेका श्रेष्ठलेले एक विज्ञप्ति जारी गर्दै सभापतिले मनोमानी ढङ्गले पार्टी चलाएको बताएका हुन् । फाल्गुनमा सम्पन्न १४ औं जिल्ला अधिवेशनमा श्रेष्ठले खनाललाई समर्थन गरेका थिए ।

पहिलो चरणको निर्वाचनमा सबभन्दा बढी मत ल्याएका खनाल दोस्रो धेरै मत ल्याएका मिलनबाबु श्रेष्ठले पनि समर्थन गरेपछि सर्वसम्मत सभापतिमा निभएका हुन्। समर्थनका दौरान केन्द्र, प्रदेश तथा जिल्ला तहका नेतृत्वहरुको रोहवरमा आफू र खनालबीच केही सहमति भएको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस