अमेरिकाले चीनलाई उत्तेजित पारेर अशान्ति फैलाउन खोजेको बिजुक्छेको आरोप

सफल खबर संवाददाता

बुधबार, १८ साउन २०७९, १३ : ४९
अमेरिकाले चीनलाई उत्तेजित पारेर अशान्ति फैलाउन खोजेको बिजुक्छेको आरोप

काठमाडौं । नेपाल मजदुर किसान पार्टीले अमेरिकाले चीनलाई उत्तेजित पारेर अशान्ति फैलाउन खोजेको आरोप लगाएको छ ।

अध्यक्ष नारायणमान बिजुक्छेले एक विज्ञप्ति जारी गरी अमेरिकी प्रतिनिधिसभाको सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको विरोध गरेका हुन् ।  अध्यक्ष बिजुक्छेका अनुसार चिनियाँ भूमिमा अस्थिरता फैलाउने, ताइवानमा क्रियाशील विखण्डनकारी संगठनलाई पोस्ने, दक्षिणी चीन सागरमा उत्तोजनात्मक गतिविधि गर्ने र चीनविरुद्ध शीत युद्धको अभ्यास गर्दै आएको दर्शाएका छन् ।  ‘

विगतमा एक चीन नीतिलाई स्वीकार गरे पनि अमेरिकाले चिनियाँ मुख्य भूमिबाट ताइवानलाई अलग बनाउने धम्कीपूर्ण अभिव्यक्ति दिनु साम्राज्यवादी आक्रामक नीति भएको नेमकिपाले बताएको छ अमेरिकाले एसियामा युद्ध थोपर्ने चालबाजी गरिरहेको भन्दै नेमकिपाले एसिया महादेश र विश्वमा अशान्ति फैलाउने कार्य बन्द गर्न माग गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस