निर्वाचनको मिति घोषणा भएपछि संसद स्वतः भंग हुन्छः भीमार्जुन आचार्य

सफल खबर संवाददाता

मंगलबार, १७ साउन २०७९, १७ : ३८
निर्वाचनको मिति घोषणा भएपछि संसद स्वतः भंग हुन्छः भीमार्जुन आचार्य

काठमाडौं । संविधानविद् भीमार्जुन आचार्यले सरकारले निर्वाचनको मिति घोषणा गरेपछि अहिलेको संसद स्वतः भंग हुने बताएका छन् । आचार्यले आज सामाजिक सञ्जाल ट्विटरमार्फत निर्वाचनको मिति घोषणा गरेपछि संसद विघटन गरिराख्नु नपर्ने समेत जनाएका छन् । 

‘प्रतिनिधिसभाको कार्यकाल ५ वर्षको हो । कार्यकाल सकिनुअघि अर्थात् मंसिर १० गते भित्र निर्वाचन सम्पन्न भइसक्नु पर्छ,’ संविधानविद् आचार्यले भनेका छन्, ‘निर्वाचनको मिति घोषणा भएपछि संसद् स्वतः भंग हुन्छ । फेरि विघटन गरिराख्नुपर्दैन ।’संसद नै नरहेपछि सांसदसमेत नरहने उनले बताएका छन् ।  ‘स्थापित मान्यताको कदर गरौँ,अति नगरौँ

प्रतिक्रिया दिनुहोस