शपथको व्यहोरा संसदबाटै पास गर्नुपर्ने : महत

सफल खबर संवाददाता

मंगलबार, १७ साउन २०७९, १५ : २५
शपथको व्यहोरा संसदबाटै पास गर्नुपर्ने : महत

काठमाडौं ।नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले शपथको व्यहोरा संसदबाटै पास गर्नुपर्ने बताएका छन्। शपथ सम्बन्धी विधेयक २०७९ माथिको छलफलमा बोल्दै उनले शपथ खुवाउनेले एउटा र खानेले अर्को बोल्दा हास्य(व्यङ्ग्यको पात्र बन्ने भन्दै सबै व्यहोरा संसदबाटै टुंगो लगाउनुपर्ने बताएका हुन्।

‘पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको शपथप्रति लक्षित गर्दै उनले भने, ‘राष्ट्रपतिले एउटा र प्रधानमन्त्रीले अर्को कुरा भन्दा हाँसोको पात्र बनिन्छ। ख्याल गरौं।’

प्रतिक्रिया दिनुहोस