आजीवन पिएसओ पाउनका लागि सभामुखमार्फत गृहमन्त्री समक्ष माग

सफल खबर संवाददाता

मंगलबार, १७ साउन २०७९, १३ : ५७
आजीवन पिएसओ  पाउनका लागि सभामुखमार्फत गृहमन्त्री समक्ष माग

काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद रेनुका गुरुङले आफू र आफ्नो परिवारमाथि असुरक्षा  बढेको भन्दै सुरक्षाकर्मी माग गरेकी छिन्।  प्रतिनिधिसभा बैठकमा बोल्दै गुरुङले आफ्नो घरमा सोमबार राति बम पड्काइएको दाबी गरिन्।

‘हिजो बेलुकी ८ः२५ बजे मेरो घरको गेटभित्र बम पड्काइयो, घरका सबै आतंकित भएको बताइन् । संसदको शून्य समयमा बोल्दै उनले भनिन्,‘महाराजगञ्ज थानाको नम्बर खोजेर फोन गरेँ। गृहमन्त्रीको फोन उठेन।’ 

त्यसपछि आफूले उपसभामुख पुष्पा भुसाललाई फोन गरेको र उनीबाट सान्त्वना पाएको सुनाइन्।  उनले भनिन्, ‘संघीय सांसद र कार्यपालिका सदस्य भइसकेकोले म र मेरो घरपरिवारको सुरक्षार्थ पूर्वराज्यमन्त्रीले पाउनुपर्ने आजीवन पिएसओ निजी सुरक्षाकर्मी पाउनका लागि सभामुखमार्फत गृहमन्त्री समक्ष माग गर्दछु।’

प्रतिक्रिया दिनुहोस