काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीअन्तर्गत रहेका सम्पूर्ण भातृ सङ्गठनलाई चुस्तदुस्तरूपमा अगाडि बढाउन आग्रह गरेका छन्।
काठमाडौँ महानगरपालिका–८ एकाइ समितिद्वारा आयोजित क्रियाशील सदस्यसँग अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले भातृ सङ्गठनलाई आगामी संसदीय निर्वाचन लक्षित गरी अगाडि बढाउन आवश्यक रहेको बताए।
संसद्मा जल्दा बल्दा विषयवस्तुप्रति कांग्रेसले आफ्नो पार्टीगत धारणा बनाउने जनाउँदै उनले युवापुस्तालाई राजनीतिमा अग्रसर गराउन आवश्यक रहेकोसमेत सुनाए। बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले नेतृत्वले पार्टीभित्रै रहेर पनि फरक मत राख्ने नेता, कार्यकर्तालाई समेट्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।
काठमाडौँ महानगरपालिका–८ का वडाध्यक्ष आशामान सङ्गतले फोहरमाथि महानगरभित्रै राजनीति भइरहेको र सरकारले नै फोहर व्यवस्थापनमा अग्रणी भूमिका खेल्नुपर्ने बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ साउन २०७९, ११ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चैतभित्र क्रियाशील सदस्यता नवीकरण नगर्नेले महाधिवेशनमा भाग लिन पाउँदैन : गगन थापा
म सिंगो काँग्रेसको हुन चाहन्छु, कुनै गुटको होइन : गगन थापा
१५औं महाधिवेशन पछि जाँदैन, ८४ को चुनावअघि गर्नैपर्छ : गगन थापा
अहिलेका प्रधानमन्त्रीभन्दा राम्रो काम गर्न सक्छु : गगन थापा
सरकारले अध्यादेश ल्याएर कानुन सुधार गर्न खोजेकोप्रति निजी क्षेत्र उत्साहित छ : गगन थापा
गगन थापाको दाबीः सत्ता गठबन्धन तीन वर्ष चल्छ