प्रतिनिधि सभा बैठक १ बजे बस्दैं, यस्तो छ कार्यसूची

सफल खबर संवाददाता

मंगलबार, १७ साउन २०७९, ०८ : ००
प्रतिनिधि सभा बैठक १ बजे बस्दैं, यस्तो छ कार्यसूची

काठमाडौ । संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ ।

‘खानेपानी तथा सरसफाइ विधेयक, २०७७’, ‘शपथ सम्बन्धी विधेयक, २०७९’, ‘स्टान्डर्ड नाप र तौल पाँचौं संशोधन विधेयक, २०७४’, ‘प्रत्ययन विधेयक, २०७८’ विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

 प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त “तथ्यांक विधेयक, २०७८ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।