संघीय लोकतान्त्रिक गणतन्त्रलाई ‘खुर्पाको बिंड’ बनाउन खोजिएको टिप्पणी

सफल खबर संवाददाता

सोमबार, १६ साउन २०७९, १५ : ५९
संघीय लोकतान्त्रिक गणतन्त्रलाई ‘खुर्पाको बिंड’ बनाउन खोजिएको  टिप्पणी

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले संघीय लोकतान्त्रिक गणतन्त्रलाई ‘खुर्पाको बिंड’ बनाउन खोजिएको टिप्पणी गरेका छन्।व्यवस्था आफैमा गलन नभए पनि भ्रष्ट र अनैतिक प्रवृत्तिले गणतन्त्रलाई खुर्पाको बिंड बनाउन खोजिएको बताएका हुन्।

 ‘प्रदेशहरुको सन्दर्भमा केही दिन पहिले भनेको थिएँ ‘जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिंड’ तर विडम्बना! सिङ्गै संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै खुर्पाको बिंड बनाउन खोज्दैछौँ। व्यवस्था गलत हैन, भ्रष्ट, अनैतिक प्रवृत्ति गलत हो।

प्रतिक्रिया दिनुहोस