काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आज महंगी र भ्रष्टाचारविरुद्ध बिरोध प्रदर्शन गरेकाे छ।
गठबन्धन सरकार गठन भएको एक वर्षमा खाद्यवस्तुको चर्को मूल्यवृद्धिका साथै हरेक क्षेत्रमा महंगीका कारण नागरिकको जीवन कष्टकर बनिरहेको विषयलाई लिएर आज एमालेले बिरोध प्रर्दशन गरेकाे हाे।एमाले निकट विभिन्न संगठनले दिउँसो २ बजे काठमाडाैँका विभिन्न ठाउँबाट वसन्तपुरमा जम्मा भएर महंगी कम गर्नुपर्ने र भ्रष्टाचार हटाउनुपर्ने माग गर्दै बिरोध प्रदर्शन सुरू गरेका हुन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ साउन २०७९, १४ : १७
लेखकबाट थप