७ जना पक्राउ

सफल खबर संवाददाता

सोमबार, १६ साउन २०७९, ११ : २६
७ जना पक्राउ

काठमाडौँ । सर्लाहीमा जुवाको खालबाट एक महिलासहित ७ जना पक्राउ परेका छन्।

आइतबार साँझ जिल्लाकाे बागमती नगरपालिका ३ धरहरास्थित घिसिङ होटलमा तास जुवा खेलिरहेको सुराकीको अधारमा प्रहरी टोलीले २ लाख १४ हजार ९७० रुपैयाँसहित ७ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ।

पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका ३ बस्ने ३० वर्षीया ३० जमुना मोक्तान, ३५ वर्षीय सन्चरसिंह घिसिङ, ३२ वर्षीय प्रेम बहादुर वाइबा, हरिवन नगरपालिका ११ बस्ने ३४ वर्षीय मणिलाल बोम्जन, ४२ वर्षीय मनोज कुमार थिङ, ४५ वर्षीय जगत स्याङतान र ४१ वर्षीय पनोज कुमार थिङ रहेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए।

प्रहरीले उनीहरूलाई नगद रुपैयाँसहित विभिन्न कम्पनीको मोबाइल ५ थान, १६ थान काैडा र १ बुक तास बरामद गरेकाे छ।

प्रतिक्रिया दिनुहोस