एक चुम्बनका कारण विवादमा फिलिपिन्सका राष्ट्रपति (भिडियोसहित)

एजेन्सी

विहीबार, २४ जेठ २०७५, १८ : २३

फिलिपिन्स । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटार्टे एक प्रत्यक्ष प्रसारण कार्यक्रममा फिलिपिनी महिलालाई ओठमा चुम्बन गरेर विवादमा फसेका छन् ।

डुटार्टेले दक्षिण कोरियाको राजधानी सोलमा डुटार्टेले फिलिपिनी मूलका कामदारलाई सम्बोधनका बेला उक्त घटना भएको हो ।

फिलिपिन्सका दुई महिलालाई राष्ट्रपतिले मञ्चमा एक किताब दिनका लागि बोलाए । दुई महिलाको नजिकै डुटार्टे उभिएका थिए, उनले सुरुमा एक महिलालाई अंगालो हाले र गालामा चुम्बन गरे । त्यसपछि दोस्रो महिलालाई ओठमा चुम्बन गरे । ओठमा चुम्बन गर्नका लागि उनले दोस्रो महिलालाई मनाउनु परेको थियो ।

उक्त दृश्यले त्यहाँ उपस्थित भीडको ध्यान आकृष्ट गरेको थियो । त्यहाँ धेरैजसो फिलिपिनी कामदारको उपस्थिती थियो । फिलिपिन्सको गेब्रिएला समूहले राष्ट्रपति डुटार्टेको यसका लागि आलोचना गरेका छन् । उक्त समूहले यसलाई राष्ट्रपतिको निच व्यवहार बताउँदै उनलाई महिला विरोधी बताएका छन् । राष्ट्रपति डुटार्टेले जुन महिलालाई चुम्बन गरेका थिए उनले पछि उक्त चुम्बनमा दर्भावना नभएको बताएकी छिन् ।

यद्यपी, डुटार्टेमाथि महिलामाथि अनुचित व्यवहारको आरोप लागेको यो पहिलो घटना भने होइन । महिला अधिकारका समूहले यो घटनाको निन्दा गरेका छन् । सोमबार एक बयानमा भनियो, ‘यो पटक पटक दोहोराइने व्यवहारले मनोरञ्जन प्रदान त गर्छ नै तर यो उनको घट्दो लोकप्रियताको वास्तविकता लुकाउनका लागि गरिएको हो । यसको कारण उनको कार्यकालमा भएको गैर कानूनी हत्या, विवादित कर र भ्रष्टाचारसँग जोडिएको स्क्यान्डल हो ।’

बीबीसी फिलिपिन्सका संवाददाताका अनुसार राष्ट्रपतिमाथि महिला विरोधी बयान बारम्बार सार्वजनिक हुने गरेपनि उनी फिलिपिन्स र फिलिपिन्सका विदेशी मजदुरबीच निकै लोकप्रिय छन् । -बीबीसी

प्रतिक्रिया दिनुहोस