काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सत्तारुढ गठबन्धन कायम रहेसम्म देशको सबै क्षेत्र अस्तव्यस्त हुने बताएका छन्।
यो गठबन्धनलाई मुलुकको चिन्ताभन्दा पनि सत्ता कसरी जोगाउने भन्ने कुराको मात्र चिन्ता रहेको भन्दै उनले राष्ट्रिय हितको रक्षा, मुलुकको विकास र समृद्धिको एजेण्डामा गठबन्धनको कुनै चासो नरहेको बताए।मदन भण्डारी स्पोर्टस एकेडेमी रुपन्देहीले राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०७८/७९ का विजयी खेलाडीहरूको सम्मानमा आइतबार आयोजना गरेको कार्यक्रममा एमाले उपाध्यक्ष पौडेलले यस्तो बताएका हुन्।
‘सत्ता गठबन्धनका कारण मुलुकको सबै क्षेत्र अस्तव्यस्त छ, महंगी र भ्रष्टाचार बढेको छ, शिक्षा, स्वास्थ्य, खेलकुद जताततै अस्तव्यस्तताको अवस्था छ,’ उनले भने, ‘तर गठबन्धनलाई सत्ता कसरी जोगाउने भन्ने मात्र चिन्ता छ।’
उनले मुलुकलाई सही दिशानिर्देश गर्ने र ठीक ढंगले नेतृत्व गर्ने पार्टी एमाले बाहेक अरू नभएको दाबी पनि गरे। एमाले सरकारबाट हटेपछि देशमा देखिएको बेतिथिले पनि एमाले बाहेक अरूले नेतृत्व गर्न नसक्ने कुराको पुष्टि हुने पनि उनले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ साउन २०७९, २० : ५४
लेखकबाट थप