'प्रदर्शनीले व्यक्तिका कामलाई पूणर्ता दिन महत्वपूर्ण भूमिका खेल्छ'

सफल खबर संवाददाता

आइतबार, १५ साउन २०७९, १४ : ३७
'प्रदर्शनीले व्यक्तिका कामलाई पूणर्ता दिन महत्वपूर्ण भूमिका खेल्छ'

काठमाडाैँ  । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पुस्तक प्रदर्शनीलगायतका कार्यक्रमले सम्बन्धित क्षेत्रका व्यक्तिका लागि महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।आइतबार नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानद्वारा आयोजित पुस्तक प्रर्दशनी कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले पुस्तकालय र प्रदर्शनी नहुँदा अद्येता तथा अनुसन्धानकर्तालाई गाह्रो पर्ने गरेको बताए ।

'निश्चित रुपमा यो खालको प्रदर्शनीले मूलत कलाकारिताको क्षेत्रमा संलग्न हुने विद्यार्थीका लागि, अद्येताका लागि अनुसन्धानकर्ताका लागि यसले महत्वपूर्ण भूमिका खेल्न सक्छ । कतिपयबेलामा यस्तो खालको पुस्तकालय, प्रदर्शनी र रिफ्रेसमेन्ट नहुँदा खेरी विभिन्न ढंगबाट जुटाउनका लागि पनि गाह्रो पर्ने अवस्था पनि बनिरहनेको हुन्छ' उनले भने ।

उनले यस्तो खालको प्रदर्शनीले आवश्यक व्यक्तिहरुलाई ठूलो योगदान पुर्याउने बताउँदै यस्ता कामलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । विभिन्न क्षेत्रमा संलग्न विद्यार्थी तथा व्यक्तिका कामलाई पूणर्ता दिन महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई थियो ।

मन्त्री श्रेष्ठले प्रतिष्ठानले पुस्तकलाई संकलित गर्ने, प्रर्दशनी गर्ने जस्ता कामले आफ्नो महत्त्वलाई थप उजागर गर्ने काम गरेको भन्दै प्रतिष्ठान परिवारलाई आभार व्यक्त गरे ।

नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानले आयोजना गरेको प्रदर्शनी आजदेखि ४ भदौसम्म संचालन हुनेछ । प्रतिष्ठानको भाजुमान सभाकक्षमा सञ्चालित प्रर्दशनी बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म खुला रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस