काठमाडाैँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। स्थायी कमिटीकै पूर्णता, पोलिटब्युरो चयन तथा पदाधिकारी चयनलगायत विषयमा छलफल गर्न बैठक बोलाइएको थियो।
अब अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान भ्रमणबाट फर्किसकेपछि साउन २५ गते बस्ने सम्भावना रहेकाे प्रवक्ता कृष्णबहादुर महराले बताए। यस्तै, माओवादीको तर्फबाट जनार्दन शर्माले आजै अर्थमन्त्रीको शपथ लिँदैछन्। प्रचण्डले बालुवाटारमा पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई सहमति दिएपछि उनलाई पुनः नियुक्ति गर्न लागिएको हो।
यसअघि बसेको केन्द्रिय समिती बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको पोलिटब्युरोको नामावलीमा विवाद भएपछि थाँती राखिएको थियो। महाधिवेशनपछि बसेको पटक-पटकको केन्द्रिय समिति बैठकले जिम्मेवारी बाँडफाँड टुंग्याउन नसक्दा नेतृत्वलाई दबाब बढेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ साउन २०७९, १३ : ४४
लेखकबाट थप