एमाले केन्द्रीय विभागको बैठक सुरु

सफल खबर संवाददाता

आइतबार, १५ साउन २०७९, १३ : २३
एमाले केन्द्रीय विभागको बैठक  सुरु

काठमाडाैँ  । नेकपा एमालेको केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवहरूको बैठक केन्द्रीय कार्यालयमा सुरु भएको छ।एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा बैठक मुख्यालय च्यासलमा जारी रहेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए।  

बैठकमा ३३ वटै विभागको सहभागिता रहेको उनको भनाइ छ। बैठकमा विभागीय कामको रिपोर्टिङ र विभागका वार्षिक कार्ययोजना प्रस्तुत भइरहेको समेत बताए। 

प्रतिक्रिया दिनुहोस