काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आइतबार बस्दैछ ।
संसदीय समितिबाट छानबिनपछि क्लिन चिट पाएका निवर्तमान अर्थमन्त्री जनार्दन शर्माबारे बैठकमा छलफल हुने बताइएको छ । बैठकले अर्थमन्त्री शर्मालाई नै बनाउने कि विकल्प खोज्ने भन्नेबारे निर्णय लिने एक नेताले जानकारी दिए ।
यद्यपि पार्टीले मन्त्रीहरुको हेरफेर गर्ने मूड नबनाएकाले उनी नै अर्थमन्त्री बन्ने सम्भावना बढी रहेको ती नेताको भनाइ छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा केन्द्रीय पदाधिकारी र पोलिटब्युरो चयनका विषयमा पनि छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ साउन २०७९, ०७ : ४४
लेखकबाट थप