काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देश र जनताको हितका निम्ति आफ्नो गतिलाई अझ तेजका साथ अघि बढाउन सबै पक्षलाई आग्रह गरेका छन्।
अब निर्वाहमुखी भएर बस्ने छुट कसैलाई पनि नभएको भन्दै नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले यस्तो आग्रह गरेका हुन्।उनले भने, ‘अब निर्वाहमुखी भएर बस्ने छुट हामीलाई छैन। अब हाम्रो गतिहरुलाई तेजका साथ देश र जनताको निम्ति अगाडि बढाउनुपर्ने आवश्यकता छ। र, त्यो आवश्यकता हरेक भूमिकामा रहेका व्यक्तिहरुमा लागू हुन्छ।’
नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)को पाँचौँ स्थापना दिवसको अवसर पारेर शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विचार तथा अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता र मिडिया बहुलवादप्रति वर्तमान सरकार सदैव प्रतिवद्ध रहेको पनि दोहोर्याए।
त्यस अवसरमा मन्त्री कार्कीले आफू भाषण नभइ व्यवहारिक रुपमै पत्रकारहरुको साथमा रहने प्रतिवद्धतासमेत व्यक्त गरे। अबको दश वर्षपछि सुन्दर, सभ्य र समृद्ध राष्ट्रको नागरिक बन्ने गरी नेपाल अघि बढनुपर्ने उल्लेख गर्दै मन्त्री कार्कीले त्यस काममा मुलुकको पत्रकारिता क्षेत्रको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ साउन २०७९, १५ : ५५
लेखकबाट थप