हामी फेरि एक पटक मालिक हुने गरी जोड लगाउन सम्भव छः प्रचण्ड

सफल खबर संवाददाता

शनिबार, १४ साउन २०७९, १४ : ४५
हामी फेरि एक पटक मालिक हुने गरी जोड लगाउन सम्भव छः प्रचण्ड

काठमाडौं  । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘फेरि एक पटक मालिक हुने' गरी जोड लगाउन सम्भव रहेको बताएका छन् ।

शनिबार पार्टीको सम्पर्क समन्वय प्रदेश कमिटी प्रशिक्षणमा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले माओवादी केन्द्रमा देशको राजनीतिक रंगमञ्च बदल्न सक्ने तागत रहेको पनि उल्लेख गरे । उनले अब निर्वाचन आउने तीन महिना मात्र बाँकी रहेको उल्लेख अस्ताएर अरूले देला र खाउँला भनेर बस्न नहुने जिकिर गरे ।

उनले भने 'हामीले जनयुद्धमा योजना बनाएर जाँदा प्रत्येक महिना रिभ्युलस्नरी छलाङ हान्न सक्ने पार्टी हो हामी । अब हामीसँग तीन महिना बाँकी छ । यो तीन महिनामा अभियानको रुपमा गयौँ भने देशको राजनीतिक रंगमञ्च बदल्न सक्ने तागत हामीसँग छ । हामी कता-कता अस्ताए जस्ता भयौँ । अरुले देलान् र खाउँला जस्ता भयौँ । अब त्यस्तो हुने होइन, हामी आफैँ जस्तो हुने हो । मालिक हुने गरी एकचोटी फेरि जोड लगाउन सम्भव छ ।’

प्रतिक्रिया दिनुहोस