संघीय निर्वाचन मंसिर ४ मा हुने पक्का छ : प्रचण्ड

सफल खबर संवाददाता

शनिबार, १४ साउन २०७९, १४ : १६
संघीय निर्वाचन मंसिर ४ मा हुने पक्का छ : प्रचण्ड

काठमाडौं  ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले ४ मंसिरमा संघीय निर्वाचन हुने बताएका छन् ।काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले संघ र प्रदेशको निर्वाचन ४ मंसिरमा हुने  पक्का भएको बताएका हुन् ।

उनले आफूले हिजो प्रधानमन्त्री शेर बहादुर देउवासँगको छलफलमा ४ मंसिरमा चुनाव हुने पक्का भएको उल्लेख गरे ।उनले भने, ‘हिजो प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा भएको थियो । अब निर्वाचन मंसिर ४ गते हुने पक्काजस्तै भएको छ ।’

 

प्रतिक्रिया दिनुहोस