हृदयेन्द्र शाहलाई भावी राजाको रूपमा देख्न चाहन्छुः रविन्द्र मिश्र

सफल खबर संवाददाता

शनिबार, १४ साउन २०७९, १२ : ५८
हृदयेन्द्र शाहलाई भावी राजाको रूपमा देख्न चाहन्छुः रविन्द्र मिश्र

काठमाडौं  । साझा विवेकशील पार्टीको नेतृत्व छाडेर बसेका रविन्द्र मिश्रले पूर्व राजपरिवारका सदस्य हृदयेन्द्र शाहलाई भावी राजाको रुपमा देख्न चाहेको बताएका छन् । शनिवार उनको २१ औँ जन्मदिनको शुभकामना व्यक्त गर्दै उनले हृदयेन्द्र शाहलाई भावी राजाका रुपमा देख्न चाहेको बताएका हुन् । हृदयेन्द्र शाह पूर्व युवराज पारस शााहका छोरा हुन् । यसअघि पनि उनलाई राजा बनाउने ‘बेबी किङ’को सन्दर्भमा चर्चा चलेको थियो । 

मिश्रले २० वर्षको पत्रकारिता, ५ वर्षको राजनीति तथा अन्य अनुभव र अध्ययनले आफू राजसंस्था चाहिने निष्कर्षमा पुगेको पनि उल्लेख गरेका छन् । उनले फेसबुकमा हृदयेन्द्रको तस्वीर शेयर गर्दै लेखेका छन्, ‘बदलिएको विश्व भूराजनीतिको भूमरी, लगभग पूर्णतः आर्थिक परनिर्भरता, भ्रष्ट र कमजोर संस्था र आन्तरिक अवस्था तथा अन्य कतिपय कारणले यो देश ढिलोचाँडो नराम्रो संकटमा फस्छ–फस्छ । त्यसैले, संकटका बेलामात्र सदुपयोग गर्ने उद्देश्यका साथ संसदले बाँधेर ‘खोपामा भए पनि’ राजसंस्था राखौँ ।’ 

उनले आफूले हृदयेन्द्रलाई शुभकामना दिँदै लेखेका छन्, ‘म यहाँलाई एकदिन राजाका रूपमा देख्न चाहन्छु । २१औँ जन्मदिनको शुभकामना !’ 

प्रतिक्रिया दिनुहोस