‘चपली हाइट ३’ साउन २० गतेदेखि पुन: प्रदर्शन हुने

सफल खबर संवाददाता

शनिबार, १४ साउन २०७९, १२ : ४७
‘चपली हाइट ३’ साउन २० गतेदेखि पुन: प्रदर्शन हुने

काठमाडौं । स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट लगायतको मुख्य भूमिका रहेको फिल्म ‘चपली हाइट ३’ साउन २० गतेदेखि पुन: प्रदर्शन हुने भएको छ ।

पुस ३० गते प्रदर्शनमा आएको चलचित्र ‘चपली हाइट–३’ कोरोना संक्रमणको त्रासका कारण भएको लकडाउनका कारण प्रदर्शन भइरहेका बेला रोकिएको थियो । अब यो फिल्म साउन २० गतेदेखि पुन: प्रदर्शन हुने निर्माण पक्षले जानकारी दिएको छ ।

लकडाउनका कारण धेरै दर्शकले ‘चपली हाइट ३’ हेर्न नपाएकाले पुनः प्रदर्शन गर्न लागेको निर्माण पक्षले बताएको छ । फिल्मलाई निकेश खड्काले निर्देशित गरेका हुन् भने फिल्मको निर्माता अर्जुन कुमार हुन् ।

प्रतिक्रिया दिनुहोस