काठमाडौँ । एमाले उपमहासचिव तथा संसदीय छानबिन समिति सदस्य प्रदीपकुमार ज्ञवालीले छानबिन समितिले संसद्मा बुझाएको प्रतिवेदन अपूर्ण रहेको बताएका छन्।
शुक्रबार प्रतिनिधि सभाको बैठकपछि संसद् भवनबाहिर सञ्चारकर्मीसँग ज्ञवालीले सत्ता पक्षका सांसद समितिले करको दर हेरफेर गर्न अनधिकृत व्यक्ति प्रवेशबारे अध्ययन अनुसन्धान गर्ने सबै टुलर्स प्रयोग गर्न सहमति नभएको बताए।
ज्ञवालीले छानबिनका लागि अर्थ मन्त्रालयले बजेट निर्माणको अन्तिम दिन करको दर हेरफेर गर्न बस्ने कर्मचारीको नामसमेत उपलब्ध नगराएको बताए। उनले वास्तविक प्रमाण जुटाएर यथार्थ प्रतिवेदन ल्याउने योजना भए पनि सत्तापक्षका सांसद एकमत नहुँदा वास्तविक प्रतिवेदन आउन नसकेको बताए। सदस्य ज्ञवालीले सत्तापक्षका सांसद पार्टीको आग्रहमा सत्यतथ्य प्रमाण संकलन गर्ने टुलर्स प्रयोग गर्ने विषयमा एकमत नभएको बताए।
उनले अर्थ मन्त्रालयजस्तो स्थानमा सिसिटिभी फुटेज सुरक्षित नहुनुमा प्रशासनिक र राजनीतिक नेतृत्व नै चुकेको दाबी गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ साउन २०७९, १९ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षक आन्दोलनको मुख्य एजेन्डा सरकार परिवर्तन जस्तो लाग्न थाल्यो: प्रदीप ज्ञवाली
देशलाई अस्थिर बनाउने षड्यन्त्र गरियो : प्रदीप ज्ञवाली
सरकारले प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज लगाउँदैन : प्रदीप ज्ञवाली
विद्या भण्डारीलाई एमालेको नेतृत्वमा ल्याउने कुनै तयारी छैन : उपमहासचिव ज्ञवाली
बीआरआईलाई धेरै गिजोलेर ऋण भर्सेस अनुदानको बहस गर्न हुँदैन : प्रदीप ज्ञवाली
प्रदीप ज्ञवालीको आरोप : १० वर्षे द्वन्द्वका कारण देशको मूल्यवान् समय खेर गयो