झापा । सहरी विकास मन्त्री तथा नेकपा एकीकृत समाजवादीका पोलिट्ब्यूरो सदस्य मेटमणि चौधरीले केपी ओली संघीय गणतन्त्र नेपालको दुश्मन भएको आरोप लगाएका छन् ।
पार्टीको दमक नगर कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री चौधरीले संघीय लोकतान्त्रिक गणतन्त्र, संसदीय व्यवस्था र जनआन्दोलनका उपलब्धिहरुको रक्षा गर्न गठबन्धन बनाउनु परेको बताएका छन् । निर्वाचन पछिसम्म पनि गठबन्धन कायम रहने बताएका उनले केपी ओली नेतृत्वको एमालेले चुनाव जिते नेपालको संसदीय व्यवस्था मात्र होइन लोकतन्त्र नै धरापमा पर्ने बताए ।
दुई तिहाइ नजिकको बहुमतलाई ओलीले दुरुपयोग गरेर लोकतन्त्र मास्न खोजेकाले आफूहरुले विद्रोह गर्नु परेको पनि उनले प्रष्ट पारे । आगामी निर्वाचनबाट एमालेको अस्तित्व नै संकटमा पर्ने मन्त्री चौधरीको जिकिर थियो । समानुपातिक व्यवस्थाका कारण एमालेका केही सांसद रहे पनि प्रत्यक्षमा उसलाई खोज्नुपर्ने अवस्था आउनुपर्ने बताए ।
दमकमा निर्माणाधीन दमक भ्यू टावरलाई स्थानीय जनताको आवाजलाई समेत बुझ्दै विजनेस कम्प्लेक्सका रुपमा स्थापित गर्ने प्रकृया अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन गरिने बताए ।
आजै मन्त्री चौधरीले फाल्गुनन्द सभा गृहका रुपमा शिलन्यास भइ नाम परिवर्तन भएको दमक सभा गृह, दमक १० स्थित इन्दे्रणी ताल, कमल गाउँपालिका वडा नं ५ स्थित लामो समयदेखि बन्न नसकेको आदिवासी रंगशाला तथा स्मृति पार्कको स्थलगत निरिक्षण गरेका छन् । उनले बजेट नपरेका दर्जनौँ योजनाहरुमा समेत कुनै न कुनै रुपले बजेटको बन्दोबस्ती गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ साउन २०७९, १९ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
थारु भाषा संरक्षण गर्न साझा मानक भाषा बनाउनुपर्छ : मन्त्री चौधरी
किशोरीहरूका लागि लगानी र नीतिगत सुधार गर्न सरकार प्रतिबद्ध छ : मन्त्री चौधरी
कुनैपनि बालबालिका सडकमा बेवारिसे अवस्थामा भेटिनुहुँदैन : मन्त्री चौधरी
महिलासँग सम्बन्धित कानून अपूर्ण छन्, संशोधन गर्नुपर्छ: मन्त्री चौधरी
गृहमन्त्री लामिछानेको सहकारी प्रकरण सत्ता समिकरणसँग जोडिएर आयो : मन्त्री चौधरी
रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छु : मन्त्री चौधरी