एमालेको नेतृत्वमा देश विकास सम्भव : महासचिव पोखरेल

रासस

शुक्रबार, १३ साउन २०७९, १९ : ४०
एमालेको नेतृत्वमा देश विकास सम्भव : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले एमालेको नेतृत्वमा देश विकास सम्भव रहेको बताएका छन् । नेकपा (एमाले) शुक्लागण्डकी नगर कमिटीले शुक्रबार दुलेगौडामा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले उक्त कुरा बताएका हुन् । 

सुखी नेपाली, समृद्ध नेपाल’ बनाउने अभियानमा एमाले सदैव प्रतिबद्ध रहेको महासचिव पोख्रेलको भनाइ थियो । अन्य राजनीतिक दल यथास्थितिवादी भएकाले अन्य पार्टीको नेतृत्वमा विकास सम्भव नरहेको पोखरेलले दाबी गरे । 

देश विकास र समाज निर्माणमा एमालेलाई अब्बल बनाउन सबै नेता तथा कार्यकर्ता लाग्नुपर्ने महासचिव पोखरेलले बताए । “प्रशिक्षण कार्यक्रमबाट नेता तथा कार्यकर्तालाई सक्रिय बनाउँदै देश विकासको अभियानमा लाग्ने प्रेरणा जगाउनुपर्छ”, पोखरेलले भने ।