काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको राजनीतिको आजको मूलधार माओवादी आन्दोलन बताएका छन । प्रेस सेन्टर नेपालको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताए।
आजको राजनीतिको मूलधार सङ्घीय लोकतान्त्रिक गणतन्त्र भएको उल्लेख गर्दै उनले हिजो संविधानसभा, गणतन्त्र सम्भव छैन भन्नेहरुले आफूलाई मूलधार दाबी गर्न नमिल्ने बताए ।
हिजो माओवादी आन्दोलनले उठाएका राजनीति एजेन्डा नै आज देशका मुख्य एजेन्डा भएकाले माओवादी आन्दोलन नै देशको मूलधार भएको बताए । नक्कली परिवर्तनका प्रवक्ताहरु मूलधार हुननसक्ने उनले बताए ।
हिजो कबिला राज्यलाई एकीकृत राज्य बनाउने पृथ्वीनारायण शाहको योगदान र अहिले जनतालाई अधिकारसम्पन्न बनाउन माओवादीले गरेको आन्दोलन सयौं बर्षसम्म नेपाली इतिहासमा जीवित रहने अध्यक्ष प्रचण्डले बताए ।
इतिहासदेखि दबाइएका महिला, दलित, जनजाति, मधेशीलगायत उत्पीडित वर्गलाई अधिकार दिन माओवादी आन्दोलनले गरेको योगदान अब इतिहासबाट कसैले मेटाउन नसक्ने भए पनि यसलाई अझ स्थापित गर्न भने अझै बल गर्नु आवश्यक रहेक उनले बताए ।
लामो संघर्ष र बलिदानपछि राजनीतिक परिवर्तन आएको उल्लेख गर्दै उनले पुरानो मूलधारका दलहरुलाइ यो अझै मन नपरेको बताए। ती दल र नेताहरु अहिले पनि सक्रिय रहेको उनले दाबी गरे । गत बर्ष संविधानमाथि गरिएको बलात हमला र अहिले सङ्घीयतालगायतका राजनीति परिवर्तनमाथि प्रश्न उठाउने गरिएको सन्दर्भ कतै न कतै जोडिएको उनले बताए ।
माओवादीले राजनीतिक क्रान्ति मात्रै होइन, क्रान्तिपछि बनेको माओवादी नेतृत्व सरकारले पनि उदाहरणीय काम गरेको उनले स्मरण गरे ।पूर्वप्रधानमन्त्री प्रचण्डले माओवादी नेतृत्वको सरकारले मध्यपहाडी लोकमार्ग, देशभरि उत्तर दक्षिण सडक, उर्जा क्रान्ति, भ्रष्टाचारको न्यूनीकरणलगायतका ऐतिहासिक काम गरेको बताए । नेपालमा लोडसेडिङ अन्त्य गर्ने माओवादीले अहिले माओवादीले उर्जा मन्त्रालय सम्हालेको बेला विद्युत भारत बिक्री गर्न थालेको बताए।
स्थानीय निर्वाचनमा त्यति मीठो अनुभव नभएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा पनि गठबन्धन कायम रहने बताए। साथसाथै गठबन्धनभित्रका बामपंथीहरुबीच चुनावी मोर्चा बनाउने प्रयास भएको तर अहिले नै समाजवादी केन्द्र बन्ने अवस्था नरहेको उनले बताए ।
एक सन्दर्भमा उनले अब आफूहरुसित लुकाउनुपर्ने बिषय खासै नभएकाले प्रेसलाई खुला गर्दै गरेको बताए । झन्डै दुई घन्टा बसेर देशभरिका पत्रकारको रिपोर्टिङ सुनेका अध्यक्ष प्रचण्डले देशभर प्रेस संगठन सक्रिय रहेको सुखद कुरा सुन्न पाउँदा खुशी लागेको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ साउन २०७९, १७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनयुद्धको प्रेरणा सयौँ वर्षसम्म रहने छ : प्रचण्ड
व्यवस्था बदले पनि जनताको अवस्था बदल्ने कार्यभार अझै पूरा भएको छैन : प्रचण्ड
ओलीजी रहँदासम्म बापमन्थी एकता हुने स्थिति छैन : प्रचण्ड
दलित समुदायको प्रतिनिधित्व बढाउन विशेषाधिकारको व्यवस्थालाई दृढतापूर्वक कार्यान्वयन गर्नुपर्छ : प्रचण्ड
सरकारलाई ‘प्रचण्ड’ को प्रश्न: सरकार मालिक र नागरिक दास हो ?
प्रचण्डले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने