काठमाडौँ । करका दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नताबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई सफाई दिइसकेको छ। समितिले अनुसन्धानका क्रममा तत्कालीन अर्थमन्त्री शर्मासँग पनि बयान लिएको थियो। बयानका क्रममा समिति सदस्यले प्रश्न सोधेका थिए।
‘अनधिकृत व्यक्ति भनेर रघुनाथ घिमिरेको नाम आएको छ पत्रपत्रिकामा रघुनाथ घिमिरेलाई चिन्नुहुन्छ?’जवाफमा शर्माले भनेका थिए, पुराना कर्मचारीहरुलाई पनि कहिलेकाहीँ विभागहरूले केही काममा लगाउँदा रहेछन्। मन्त्रालय आउनेजाने क्रममा सामान्य चिनजान छ। नजिकबाट चिन्दिनँ, व्यक्तिगत सम्पर्क छैन।
(यस्तो छ समितिमा शर्मालाई सोधिएको प्रश्न र उनले दिएको उत्तर)
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ साउन २०७९, १६ : ३९
लेखकबाट थप