ट्रम्प प्रशासनले अमेरिकी एयरलाइन्स र आफ्नो देशका अन्य विमान सेवा दिने कम्पनीलाई ताइवानका लागि चीनियाँ मागलाई नजरअन्दाज गर्न आग्रह गरेका छन् ।
चीन र अमेरिकाबीच तनाव बढेको यो ताजा उदाहरण हो । अमेरिकी अधिकारीले अमेरिकी एयरलाइन्स र डेल्टालाई ताइवानलाई ‘ताइवान चाइना’ भन्नुपर्ने चीनको मागलाई नमान्न आग्रह गरेको छ ।
अमेरिकाले यो निर्देशन त्यतिबेला जारी गर्यो जब चीनले ३६ विदेशी एयरलाइन्सलाई जुनसुकै भाषामा ताइवानमात्र लेखेको छ भने त्यो हटाउनुस् भन्ने टिप्पणी गर्यो ।
ह्वाइट हाउसले चीनको उक्त आदेशलाई बकवास बताएको छ । अमेरिकी एयरलाइन्सले यसबारे कुनै टिप्पणी गर्न अस्विकार गरेको छ ।
चीनले संसारभरीका एयरलाइन्सलाई आफ्नो वेबसाइटमा ताइवान, हंगकंग र मकाउलाई स्वतन्त्र देश नभई चीनको हिस्सा बताउन आग्रह गरेको छ । यो मागलाई अष्ट्रेलिया, ताइवान र अमेरिकाले आलोचना गरेको छ ।
ताइवानलाई चीनले वान चाइना पोलिसी अनुसार आफ्नो आन्तरिक हिस्सा बताउँछ । यस्तै, चीन हंगकंग र मकाउलाई विशेष प्रशासनिक क्षेत्र बताउँछ । -बीबीसी
प्रतिक्रिया दिनुहोस