‘समाजवाद’ एउटा यस्तो आर्थिक व्यवस्था हो जहाँ देशको सम्पूर्ण अर्थतन्त्रको स्वामित्व पूर्णतया सरकारमा निहित हुन्छ । जसलाई सामाजिक स्वामित्व पनि भनिन्छ । यस्तो आर्थिक राजनीतिक व्यवस्था अंगिकार गर्ने राष्ट्रलाई समाजवादी राष्ट्र भनिन्छ । चीन, क्युवा, लाओस, भियतनाम, उत्तर कोरियालगायतका देश समाजवादको अभ्यास भएका देशको अग्रपंक्तिमा आउँछन् । यद्यपि, चिनलाई भने पूँजीवादतिर फर्किइसकेको भन्ने गरिन्छ ।
नेपालमा समाजवाद आउला या नआउला तर निर्वाचन आयोगमा भने ‘समाजवाद’ नाम उल्लेख भएका हालसम्म १४ वटा दल दर्ता भएका छन् । बिहीबार जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट निष्काशनमा परेका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले समाजवादी पार्टी नेपाल (नेसपा) दर्ता गरेपछि आयोगमा यो नामका पार्टीको संख्या १४ वटा पुगेको हो ।
आयोगले ४ साउनमा अन्तिम पटक अध्यावधिक गरेको दर्ता कायम रहेको राजनीतिक दलको विवरणमा डा. बाबुराम भट्टराईको पार्टीसहित १४ वटा समाजवादी पार्टी दर्ता भएको देखिन्छ ।निर्वाचन आयोगमा दर्ता भएका ‘समाजवादी’ पार्टीको सूची :१)नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष बाबुराम भट्टराइ, चुनाव चिह्न आँखा
२)नेपाल समाजवादी कांग्रेस, गोविन्दप्रसाद निरौला, चुनाव चिह्न, भुइँकटहर
३) आधुनिक नेपाल समाजवादी पार्टी, अध्यक्ष कृष्ण गोपाल बन्जारा, चुनाव चिह्न बाघ,
४) समाजवादी पार्टी नेपाल, अध्यक्ष विष्णु अर्याल, चुनाव चिह्न सुकुन्दा
५) जनसमाजवादी पार्टी, नेपाल, अध्यक्ष सुवासराज काफ्ले, चुनाव चिह्न तारा
६) नेपाल समाजवादी पार्टी, (लोहिवावादी ) अध्यक्ष नन्दन यादव, चुनाव चिह्न मेच
७) नेपाल संघिय समाजवादी पार्टी, अध्यक्ष मोहम्मद रिजवान अन्सारी चुनाव चिह्न बस
८) राष्ट्रिय समाजवादी पार्टी नेपाल, अध्यक्ष रुद्रजंग पुलामी, चुनाव चिह्न पृथ्वी
९) जनता समाजवादी पार्टी, नेपाल अध्यक्ष, उपेन्द्र यादव, चुनाव चिह्न ढल्केको छाता
१०) लोकतान्त्रिक समाजवादी पार्टी, अध्यक्ष महन्थ ठाकुर, चुनाव चिह्न साइकल
११) समाजवादी केन्द्र, अध्यक्ष युवराज पौडेल, चुनाव चिह्न, नाच्दै गरेको मयुर
१२) नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) अध्यक्ष राजु कार्की, चुनाव चिह्न कार
१३) वैज्ञानिक समाजवादी पार्टी, अध्यक्ष रविन्द्रप्रसाद सिंह, चुनाव चिह्न रकेट
१४) नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी, अध्यक्ष कर्णजित बुढाथोकी, चुनाव चिह्न महिला पुरुष
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ साउन २०७९, १५ : २०
लेखकबाट थप