एसपिपीमा सहभागी नहुने ब्यहोराको पत्रबारे विभिन्न आशंका नगर्न परराष्ट्रमन्त्रीको आग्रह

सफल खबर संवाददाता

शुक्रबार, १३ साउन २०७९, १३ : ४७
एसपिपीमा सहभागी नहुने ब्यहोराको पत्रबारे विभिन्न आशंका नगर्न परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौँ  । परराष्ट्रमन्त्री डा.नारायण खड्काले एसपिपीमा सहभागी नहुने ब्यहोराको पत्रबारे विभिन्न आशंका नगर्न आग्रह गरेका छन्। 

प्रतिनिधिसभा बैठकमा पत्रको व्यहोरा सार्वजनिक गर्न माग गरेपछि उनले यस्तो जवाफ दिएका हुन्।'कार्यपालिकाको सर्वोच्च निकाय मन्त्रिपरिषद्ले गरेको निर्णयमा हामी संशय व्यक्त गरिरहेका छौं’, उनले भने, ‘यस्तो ट्रेन्ड बसाल्यौं भने अलि अफ्ठेरो हुन्छ। आपसमा विश्वासको वातावरण सिर्जना गर्नैपर्छ।’

उनले राज्य संचालन गर्ने क्रममा कतिपय विषयहरु राष्ट्रहित र स्वार्थको हितमा निर्णय गर्ने कुरा विश्वास गर्नुपर्ने उल्लेख गरे। उनले एसपिपीमा सहभागी नहुने भनेर अमेरिकालाई साउन ९ गते सरकराले पत्राचार गरिसकेको जानकारी सदनलाई गराएका थिए। त्यसपछि सांसदहरुले पत्रको व्यहोरा सार्वजनिक गर्नुपर्ने माग गरेका थिए। 

प्रतिक्रिया दिनुहोस