काठमाडौं । काठमाडौं महानगरपालिका–६ बौद्ध सिद्धार्थ ओरालो नजिकबाट २३ ओटा छत कछुवासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा टोखा नगरपालिका–३ घर भएका २१ वर्षीय रमेश डंगोल र टोखा बस्ने सुनसरी बह्राक्षेत्र नगरपालिका–९ प्रकाशपुर घर भएका २१ वर्षीय अनुराग मगर रहेका छन् ।
उक्त स्थानमा छत कछुवा बिक्री हुँदै गरेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले बिहीबार जाँच गर्ने क्रममा जिबितै कछुवा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ साउन २०७९, १२ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिमसार क्षेत्रको अतिक्रमणले जोखिममा कछुवा
सिमसार क्षेत्रको अतिक्रमणले कछुवा जोखिममा