काठमाडाैँ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले गरेको नियुक्तिविरुद्धको मुद्दाकाे सुनुवाइ राेकिएकाे छ। संवैधानिक आयाेगबाट जवाफ नआएकाले आजका लागि सुनुवाइ राेकिएकाे रिट निवदेकमध्येका एक ओम प्रसादले अर्यालले जानकारी दिए।
अख्तियारसहित विभिन्न संवैधानिक निकायमा ओली सरकारले गरेकाे नियुक्तिविरुद्ध कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासमा पेसी तोकिएको थियाे।
तत्कालीन ओली सरकारले संवैधानिक परिषद्सम्बन्धी कानुन अध्यादेशमार्फत संशोधन गरेर संसदीय सुनुवाइविना ५२ जनालाई नियुक्त गरेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ साउन २०७९, १४ : ०९
लेखकबाट थप