पूर्व अर्थमन्त्री शर्मा प्रकरण : संसदीय छानबिन समितिले आजदेखि प्रतिवेदन लेख्ने

सफल खबर संवाददाता

बुधबार, ११ साउन २०७९, ०७ : २७
पूर्व अर्थमन्त्री शर्मा प्रकरण : संसदीय छानबिन समितिले आजदेखि प्रतिवेदन लेख्ने

काठमाडौं । बजेट निर्माणको क्रममा अनधिकृत व्यक्ति संलग्न रहेको भन्ने आरोपका सम्बन्धमा गठित संसदीय छानबिन समितिले अनुसन्धानको काम सम्पन्न गरेको छ । अनुसन्धानको काम सकिएसँगै आज बुधबारदेखि प्रतिवेदन लेख्न थालिने भएको छ । 

समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा र बजेट निर्माणमा संलग्न अर्थ मन्त्रालयका अधिकारीसँग छलफल गरेको थियो । समितिले प्रमाणको रुपमा अर्थ मन्त्रालयको सीसीटीभी फुटेज हेरेको थियो । 

समितिको अनुसन्धान सकिएको र अहिलेसम्म भएका कामबारे बुधबार छलफल हुने समिति सचिव सुरेन्द्र अर्यालले जानकारी दिए । छलफलपछि बुधबार नै प्रतिवेदन लेखनको काम गर्ने समितिको तयारी छ ।

प्रतिक्रिया दिनुहोस