गृहको जवाफ– सिंहदरबार गेटको सीसीटीभी फुटेज मेटिसक्यो

सफल खबर संवाददाता

मंगलबार, १० साउन २०७९, १६ : ११
गृहको जवाफ– सिंहदरबार गेटको सीसीटीभी फुटेज मेटिसक्यो

काठमाडौं  बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराएको प्रकरणमा संसदीय छानबिन विशेष समितिले माग गरेको सिंहदरबार गेटको सीसीटीभी फुटेज मेटिएको जवाफ गृहमन्त्रालयले दिएको छ। छानबिन समितिले सिंहदरबारको दुवै तर्फको गेटको सीसीटीभी फुटेज माग गरेको थियो। जेठ १४ गतेदेखि भोलिपल्सम्मको फुटेज माग गरिएकोमा गृहमन्त्रालयले उक्त फुटेज नभएको जवाफ दिएको छानबिन समितिका एक सदस्यले बताए। 

मन्त्रालयले १६ दिन अवधिकोभन्दा धेरै फुटेज नभएको भन्ने जवाफ दिएको छ। यसअघि अर्थमन्त्रालयभित्रको सीसीटीभी फुटेज भने समितिले पाएको छ। तर, उक्त फुटेज भने क्लियर नभएको पाइएको छ। यसअघि मेटाइएको भनिएको सीसीटीभी फुटेज मन्त्रालयमा रहेको हार्डडिस्कबाट रिकभर गरिएको हो। 

बजेटमा अनधिकृत व्यक्ति प्रवेश गराएको आरोप लागेपछि सभामुख अग्निप्रसाद सापकोटाले संसदीय छानबिन विशेष समिति गठन गरेका थिए। असार २२ गते समिति गठन भएपछि सदनमा सम्बोधन गर्दै निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका थिए।

प्रतिक्रिया दिनुहोस