सबै क्षेत्रका तथ्यांक दुरुस्त राखे मात्रै देश ठीक बाटोमा हिँड्छ : मीन विश्वकर्मा

सफल खबर संवाददाता

मंगलबार, १० साउन २०७९, १५ : ५९
सबै क्षेत्रका तथ्यांक दुरुस्त राखे मात्रै देश ठीक बाटोमा हिँड्छ : मीन विश्वकर्मा

काठमाडौं  नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले गलत तथ्यांकका कारण देश अधोगतितर्फ गएको हुनसक्ने आशंका व्यक्त गरेका छन् ।मंगलबार सरकारले प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गरेको तथ्यांक विधेयकको बारेमा छलफलमा सहभागी हुँदै सांसद विश्वकर्माले यस्तो बताएका हुन् । उनले सबै क्षेत्रका तथ्यांकलाई दुरुस्त राखे मात्रै मुलुक ठीक बाटोमा हिँड्ने बताए । 

सांसद विश्वकर्माले राष्ट्रिय परिचयपत्रको पनि तथ्यांक हुने भएकोले राष्ट्रिय परिचयपत्रमा भएका जाति विशेष मिथ्यांकलाई सच्याउनु पर्ने बताए । उनले सामाजिक बनावटलाई पहिचानका लागि प्रस्तुत गर्ने सवालमा दलित समुदायका केही जाति वा थरमा आफ्नो विमति रहेको बताए । 

उनले भने, ‘राष्ट्रिय परिचयपत्रको पनि तथ्यांक भएको हुनाले यस्ता मिथ्यांकलाई हटाउने बन्दोबस्त यो ऐनले गर्नेछ र यस्ता तथ्यांक छन् भने अध्यावधिक गरेर हामी अघि जानुपर्छ । सबै क्षेत्रका तथ्यांकलाई दुरुस्त राखे मात्रै मुलुक ठीक बाटोमा हिँड्छ ।

प्रतिक्रिया दिनुहोस