नेपाल प्रहरी र सशस्त्र प्रहरीको बढुवा सिफारिसमा परिवारवाद डुङ्डुङ्ति गन्हाएको भन्दै ऐन बनाउन सरकारको ध्यानाकर्षण

सफल खबर संवाददाता

मंगलबार, १० साउन २०७९, १४ : २४
नेपाल प्रहरी र सशस्त्र प्रहरीको बढुवा सिफारिसमा परिवारवाद डुङ्डुङ्ति गन्हाएको भन्दै ऐन बनाउन सरकारको ध्यानाकर्षण

काठमाडौं  नेकपा एमालेका सांसद् खगराज अधिकारीले नेपाल प्रहरी र सशस्त्र प्रहरीको बढुवा सिफारिसमा परिवारवाद डुङ्डुङ्ति गन्हाएको भन्दै ऐन बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।मंगलबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद अधिकारीले परिवारवाद, नातावाद देखा परेको भन्दै 'अति भो सरकार रोक्नु पर्‍यो' भन्दै व्यंग्य गरे। 

उनले सरकारले महँगी नियन्त्रण गर्न नसकेको भन्दै आलोचना गरे। 'महँगी अचाक्लि भयो, दैनिक उपभोग्य सामग्री सर्वसाधरणलाई किनेर खानलाउन धौंधौं पर्‍यो। जे गरे पनि हुने हो?' उनले प्रश्न गरे। सांसद अधिकारीले एसपीपीमा सरकारले पत्र लेख्ने कुरा कहाँ पुग्यो भन्दै प्रश्न गरे।  'एसपीपीमा सरकार सहभागी नहुने भन्दै मन्त्रिपरिषद्ले पत्र लेख्ने भन्ने सुनियो, परराष्ट्रमन्त्रालयले अध्ययन गर्दै छ रे। शान्ति सम्झौता गर्न ती विषयवस्तु समेटेर नेपाललाई सैन्य गठबन्धनमा लैजाँदै छ। के या संविधान विरोधी होइन' उनले प्रश्न गरे। 

प्रतिक्रिया दिनुहोस