कमल थापालाई गाई चिन्ह नदिने निर्णय यथास्थितिमा राख्न सर्वाेच्चकाे आदेश

सफल खबर संवाददाता

सोमबार, ०९ साउन २०७९, १३ : ११
कमल थापालाई गाई चिन्ह नदिने निर्णय यथास्थितिमा राख्न सर्वाेच्चकाे आदेश

काठमाडौं । सर्वोच्च अदालतले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई निर्वाचन आयोगलाई गाई चिन्ह नदिने निर्णय यथास्थितिमा राख्न आदेश दिएको छ।

अध्यक्ष थापाले गाई चुनाव चिन्ह चाहियो भनी निर्वाचन आयोगमा निवेदन दिएका थिए। गत असार २७ गते आयोगले गाई चिन्ह दिन नमिल्ने बताएको थियो।

यद्यपि आयोगले किन मिलेन भनी स्पष्ट भने पारेको थिएन। आयोगका निर्णयविरुद्ध थापाले सर्वोच्चमा रिट हालेका थिए। थापाको रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय आनन्दमन भट्टराई र कुमार चुँडालको संयुक्त इजलासले २७ गतेको निर्णय कार्यान्वयन नगर्नू भनी अन्तरिम आदेश शुक्रबार दिएको थियो।

यो मुद्दा चाँडै टुंगो लगाउनुपर्ने भएकाले लिखित दबाब परेको सात दिनपछि निरन्तर सुनुवाइ गर्न सर्वोच्चले आदेश पनि दिएको छ।

प्रतिक्रिया दिनुहोस