नेपालमा २५ वर्ष पुराना सवारी साधन सडकमा चल्न नदिने निर्णय गरेर सरकारले कार्यान्वयनमा नल्याएको भन्दै आक्रोश : महेश बस्नेत

सफल खबर संवाददाता

आइतबार, ०८ साउन २०७९, १५ : ०१
नेपालमा २५ वर्ष पुराना सवारी साधन सडकमा चल्न नदिने निर्णय गरेर सरकारले कार्यान्वयनमा नल्याएको भन्दै आक्रोश :  महेश बस्नेत

काठमाडौँ  । नेकपा एमालेका सांसद महेश बस्नेतले नेपालमा २५ वर्ष पुराना सवारी साधन सडकमा चल्न नदिने निर्णय गरेर सरकारले कार्यान्वयनमा नल्याएको भन्दै आक्रोश व्यक्त गरेका छन्। आइतबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद बस्नेतले यदि २५ वर्ष पुराना सवारी हटाउन नसक्ने हो भने निर्णय किन गरेको भन्दै सरकारलाई प्रश्न गरेका छन्। 

आइतबार भक्तपुरमा रुख ढलेर भएको दुर्घटनाप्रति दुख व्यक्त गर्दै सांसद बस्नेतले सडक किनारामा रहेका ४० वर्ष पुराना रुख पनि हटाउन अनुरोध गरेका छन्। यस्तै उनले हालै अधिवक्ता जगदीश दाहाल र एक जना पूर्व सचिवबीच केही विचौलियाले सरकारका बहालवाला मन्त्रीमार्फत् संवैधानिक नियुक्ति दिलाउन केही करमको प्रबन्ध गर्नुहोस् भन्ने कुरा सार्वजनिक भएकाले त्यसमा छानबिन गर्न माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस