स्थिर मानसिकता त्यागेर गतिशील मानसिकता बनाउन आग्रह: बाबुराम भट्टराई

सफल खबर संवाददाता

आइतबार, ०८ साउन २०७९, ११ : ५९
स्थिर मानसिकता त्यागेर गतिशील मानसिकता बनाउन आग्रह: बाबुराम भट्टराई

काठमाडौँ  । जनता समाजवादीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले स्थिर मानसिकता त्यागेर गतिशील मानसिकता बनाउन आग्रह गरेका छन्। भट्टराईले त्यसो गर्न सकियो भने जीवन सार्थक हुने र चरम आनन्द अनुभुति हुने उल्लेख गरेका छन्। 

आइतबार ट्वीट गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले समस्या मात्र हेरेर गनगन गर्दै यथास्थितिमा बस्ने नभइ समस्याको समाधान खोज्ने अग्रगामी जीवनमार्ग रोज्न आवश्यक भएको उल्लेख गरेका छन्। 

समस्या मात्र हेरेर/देखेर गनगन गर्दै यथास्थितिमा बस्ने हैन समस्याको समाधान/विकल्प खोज्ने सिर्जनशील/परिवर्तनशील/अग्रगामी जीवनमार्ग रोजौं!' भट्टराईले लेखेका छन्, 'स्थिर मानसिकता त्यागौं,गतिशील मानसिकता बोकौं! अनि जीवन सार्थक हुन्छ; चरम आनन्द अनुभूति हुन्छ!'

प्रतिक्रिया दिनुहोस