काठमाडौँ । पूर्व मुख्यसचिव लीलामणि पौडेलले नागरिकता विधेयक संसदीय समितिमा नपठाई संसदबाट पारित गरिएकोमा आपत्ति जनाएका छन् ।
‘२ वर्षसम्म राज्य व्यवस्था समितिमा छलफल गरेर समितिको सुझावसहित सदनमा पुगेको नागरिकता जस्तो संवेदनशील विधेयक एकाएक फिर्ता लिएर नयाँ विधेयक ल्याउनु र समितिमा दफावार छलफलमा नपठाई ‘हुन्छ र हुन्न’ भन्दै पास गर्नु आपत्तिजनक छ।’ उनले सामाजिक सञ्जालमा उनले लेखेका छन्।
चीनका लागि पूर्व नेपाली राजदूतसमेत रहेका पौडेलले दलहरूको विकल्प भन्दै स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने र वैकल्पिक शक्ति भन्नेहरुलेसमेत नागरिकता जस्तो राष्ट्रको सर्वोपरि चासोको विषयमा आफ्नो धारणा सार्वजनिक गर्न नसकेको भन्दै प्रश्न उठाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ साउन २०७९, ११ : ४४
लेखकबाट थप