विकल्पको रुपमा खुलेका राजनीतिक दलहरूले केही गर्न नसक्ने टिप्पणी

सफल खबर संवाददाता

शनिबार, ०७ साउन २०७९, १३ : ३२
विकल्पको रुपमा खुलेका राजनीतिक दलहरूले केही गर्न नसक्ने टिप्पणी

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विकल्पको रुपमा खुलेका राजनीतिक दलहरूले केही गर्न नसक्ने टिप्पणी गरेका छन्। 

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिंहले परिवर्तनका लागि धेरै योगदान गरेको कांग्रेस-एमाले जस्तो पार्टीलाई काम गर्न मुस्किल परिरहेको नयाँ दलले केही गर्न नसक्ने टिप्पणी गरेका हुन्। 

अहिले नयाँका नाममा अनावश्यक भ्रम फिँजाइएका दाबी गरे। विगतमा काठमाडौंमा उठेको नयाँ नेताहरुको अवस्था हेरेर नयाँ पार्टीको अवस्था आकलन गर्न सकिने उनको भनाइ छ। लोकतन्त्र ल्याउन र नागरिकलाई अधिकार सम्पन्न बनाउन दलहरुले खेलेको भूमिकालाई ओझेल पार्न दुःखद भएको बताए। राजनीतिक दलहरुले पनि आफ्नो कार्यशैलीलाई समयको मागअनुसार बनाउँदै लानु पर्ने बताए। 

अहिले सामाजिक सञ्जालमा नेता बन्ने लहर चलेका समेत बताए। 

प्रतिक्रिया दिनुहोस