जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक सदनबाट पारित भएपछि ६-७ लाख नेपालीले नागरिकता पाउने बताएका छन्।
आज (शनिबार) सर्लाहीमा आयाेजना गरिएकाे पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन आएका अध्यक्ष प्रचण्डले जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै यस्ताे बताएका हुन्।
उनले नागरिकता अभावका कारण नेपालीहरू धेरै कामबाट बञ्चित हुनुपर्ने अवस्था रहेकोमा त्यसको समाधान भएको बताए। उनले पारित भएको नागरिकता विधेयक चाँडै कार्यान्वयनमा आउने पनि बताए।
प्रचण्डले भने, ‘बुवाआमा नागरिक भएका सन्तानले नागरिकता पाउने कुरा हुन्छ। त्यो व्यवस्था गरिन्छ मैले तपाईंहरूको माध्यमबाट आमजनतालाई भनेको थिएँ। आज आउँदा हिजो नै सदनबाट नागरिकता विधेयक पारित भएको छ।’
मधेसका जनतालाई यो खबर सुनाउन पाउँदा आफूलाई गर्व महसुस भइरहेको पूर्वप्रधानमन्त्रीसमेत रहेको अध्यक्ष प्रचण्डकाे भनाइ छ। अर्काे प्रसंगमा उनले गठबन्धनभित्र रहेका सबै बामपन्थी पृष्ठभूमि भएका समूहसँग छलफल चलिरहेको र गठबन्धन भित्रकै बामपन्थी समूहबीच राम्रो समझदारी बनाउनुपर्ने बताए।
‘सकियो भने चुनावी मोर्चा पनि हुन सक्छ। पार्टी एकताको लागि संयोजन समिति पनि हुन सक्छ। हाम्रो छलफल चलिरहेको छ तर अहिले अन्तिम निर्णयमा पुगेका छैनौँ। सम्भवतः केही दिन भित्र एउटा निर्णयमा पुग्छौँ’, उनले भने।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ साउन २०७९, १३ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनयुद्धको प्रेरणा सयौँ वर्षसम्म रहने छ : प्रचण्ड
व्यवस्था बदले पनि जनताको अवस्था बदल्ने कार्यभार अझै पूरा भएको छैन : प्रचण्ड
ओलीजी रहँदासम्म बापमन्थी एकता हुने स्थिति छैन : प्रचण्ड
दलित समुदायको प्रतिनिधित्व बढाउन विशेषाधिकारको व्यवस्थालाई दृढतापूर्वक कार्यान्वयन गर्नुपर्छ : प्रचण्ड
सरकारलाई ‘प्रचण्ड’ को प्रश्न: सरकार मालिक र नागरिक दास हो ?
प्रचण्डले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने