काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको उपाध्यक्षमा दिल विकास राजभण्डारी र सह-महामन्त्री पदमा दमन बस्नेतलाई मनोनित भएका छन । अध्यक्ष कमल थापाले पार्टीको विधान बमोजिम भण्डारी र बस्नेतलाई क्रमशः उपाध्यक्ष र सह–महामन्त्रीमा मनोनित गरेका हुन ।
अध्यक्ष थापाले दुबैलाई आज जिम्मेवारी पत्र हस्तान्तरण गर्दै राप्रपा नेपाललाई बलियो शक्ति निर्माण गर्न महत्त्वपूर्ण भुमिका खेल्न आग्रह गरे ।
राजभण्डारी र बस्नेत केही दिन अघि राप्रपा परित्याग गरि राप्रपा नेपाल प्रवेश गरेका थिए । आगामी दिनमा आवश्यकता अनुसार अन्य नेताहरूलाई पनि पार्टी र नेतृत्वले जिम्मेवारी दिने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ साउन २०७९, १२ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगामी मंसिरमा महाधिवेशन गर्ने राप्रपा नेपालको निर्णय
राप्रपा नेपालको केन्द्रीय समिति बैठक आज पनि बस्ने
राप्रपा नेपालको केन्द्रीय समिति बैठक आज
राप्रपाको केन्द्रीय समिति बैठक भोलि बस्दै
राप्रपा नेपालले बोलायो केन्द्रीय समिति बैठक
मुलुकको समस्या समाधान गर्न अहिलेको व्यवस्थाले सक्दैन : कमल थापा