काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' आज (शनिबार) सर्लाही जाने भएका छन्। सर्लाहीको बागमती नगरपालिका-८ सोल्टी बजारमा आयोजना हुने जनसभामा सहभागी हुन प्रचण्ड सर्लाही जान लागेका हुन्।
कार्यक्रममा नेता नारयणकाजी श्रेष्ठ पनि सहभागी हुने जनाइएको छ। प्रतिनिधि सभा र प्रदेश सभा चुनावको मिति घोषणा गर्ने तयारी भइरहँदा राजनीतिक दलहरुले सभाहरुको आयोजना थालेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ साउन २०७९, १० : ५८
लेखकबाट थप