काठमाडौँ । नेपाली कांग्रेसका सांसद मिलेन्द्र रिजालले विपी कोइरालालाई स्मृति दिवसमा संसदले नसम्झेको भन्दै आपत्ति जनाएका छन्।शुक्रबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद रिजालले विपी कोइराला नेपाली संसद्को पहिलो नेता मात्र नभए नेपाललाई गुन लगाएको नेता भएको तर्क गरे।
विपीका नजिकका नेता सुर्वण शमशेर उनको जीवनका महत्त्वपूर्ण नेता भएको र उनले विपीलाई सभापति फिर्ता गर्दा नासो बुझाए भनेको रिजालले स्मरण गरे। विपी ठूलो कि आफू ठूलो भनेर भेट्न गएका गणेशमान सिंह पहिलो भेटमा रामभक्त हनुमान भने झैं विपी भक्त गणेशमान बनेको र कृष्ण प्रसाद भट्टराईलेसमेत उनीप्रति श्रद्धाभाव व्यक्त गरेको स्मरण रिजालले गरे।
'विपीले आफ्नो जीवनमा सेन्स अफ प्रपोसन गुमाउनु भएन, जनताको प्रतिनिधि हुँ भन्ने गुमाउनु भएन, राजासँग लड्दा पनि राजासँग मिलापको बाटो खोज्दा पनि नेपाली जनतालाई केन्द्रमा राखेर सार्वभौम बनाउन लाग्नु भएको थियो,' उनले भने।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ साउन २०७९, १५ : १६
लेखकबाट थप