सरकारले संसदमा पेश गरेको नागरिकता विधेयक पारित भए देश फिजीतिर जाने चेतावनी –गंगा चौधरी

सफल खबर संवाददाता

शुक्रबार, ०६ साउन २०७९, १४ : ४५
सरकारले संसदमा पेश गरेको नागरिकता विधेयक पारित भए देश फिजीतिर जाने चेतावनी –गंगा चौधरी

काठमाडौँ  ।  नेकपा एमालेकी सांसद गंगा चौधरीले सरकारले संसदमा पेश गरेको नागरिकता विधेयक पारित भए देश फिजीतिर जाने चेतावनी दिएकी छिन्।

विधेयकमाथि मूल संशोधनकर्ता रहेकी चौधरीले शुक्रबारको संसद् बैठकमा नागरिकतालाई हल्का रुपमा लिन नहुने बताइन्।‘विवाह गरेर आउनेबित्तिकै नागरिकता दिन मिल्दैन’, चौधरीले भनिन्, ‘कसलाई रिझाउन, कसको कुर्सीको निम्ति हामीले सबै कार्य गर्दै छौँ? यो देशलाई फिजीतिर लगिँदै छ।’

प्रतिक्रिया दिनुहोस