७ वर्षपछि मात्र विदेशी महिलालाई वैवाहिक अंगीकृत नागरिकता: खगराज अधिकारी

सफल खबर संवाददाता

शुक्रबार, ०६ साउन २०७९, १४ : १९
७ वर्षपछि मात्र विदेशी महिलालाई वैवाहिक अंगीकृत नागरिकता: खगराज अधिकारी

काठमाडौँ  ।  नेकपा एमालेका सांसद खगराज अधिकारीले नेपालीसँग विवाह गरेको महिलाले ७ वर्षपछि मात्र नागरिकता दिनुपर्ने अडान दोहोर्‍याएका छन् ।प्रतिनिधिसभाको जारी बैठकमा मुल संशाेधनकर्ताकातर्फबाट धारणा राख्दै सांसद अधिकारीले नेपाली पुरुषसँग विवाह गरेको ७ वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता दिनुपर्ने अडान दोहोर्‍याएका हुन् ।

‘यसअघि पनि संसदीय समितिमा नेपाली पुरुषसँग विवाह गरेको ७ वर्षपछि मात्रै वैवाहिक अंगीकृत दिने भन्ने सहमति भएको थियो,’ अधिकारीले  बैठकमा भने, ‘सोही सहमतिका आधारलाई मानेर नागरिकता दिनुपर्ने व्यवस्था गर्नुपर्छ, नत्र मुलुक फिजीकरणको दिशातर्फ जाने देखिन्छ ।’

नागरिकताजस्तो संवेदनशील विषय ‘फास्ट ट्रयाक’ पारित गर्न नहुने भन्दै संसदीय समितिमा पुन: पठाउनुपर्ने अधिकारीको माग छ ।

प्रतिक्रिया दिनुहोस