प्रतिनिधिसभा बैठक जारी, नागरिकता विधेयक निर्णायार्थ प्रस्तुत गरिँदै

सफल खबर संवाददाता

शुक्रबार, ०६ साउन २०७९, १३ : ४४
प्रतिनिधिसभा बैठक जारी, नागरिकता विधेयक निर्णायार्थ प्रस्तुत गरिँदै

काठमाडौँ  ।  संघीय संसद् अन्तर्गत प्रतिनिधिसभा बैठक जारी छ । शुक्रबार दिउँसो १ बजेबाट सुरु भएको बैठकमा नागरिकता विधेयक निर्णयार्थ प्रस्तुत हुँदैछ ।संसद् सचिवालयका अनुसार आजको बैठकमा नागरिकता विधेयकमाथि छलफल र पारित गरियोस् भनी गृहमन्त्री बालकृष्ण खाँणले प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । 

सरकारले पेस गरेको ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ छलफलमा हुने र आजै विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

प्रतिक्रिया दिनुहोस